काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो
काठमाडाैं | मंसिर १७, २०८०
फाइल तस्बिर
काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।
काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

